Media Network

च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश


खबरस्टोरी संवाददाता

१ बैशाख २०७९,बिहीबार

काठमाडौं । म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा १–० के जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रिमियर लिग क्लब सिटीले पहिलो लेगमा १–० गोलको जित निकालेको थियो । एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोलरहित बराबरी खेले । अब सिटीले सेमिफाइनलमा स्पेनकै रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद