Media Network

च्याम्पियन्स लिग : रियल मड्रिड र इन्टर मिलान भिड्दै


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७८,मंगलवार

आज  (मंगलबार) च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले  इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति पौने २ बजे रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ । 

दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले यो प्रतिष्ठाको लडाइका रूपमा रहेको खेल हो । यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । दुवै टोली जितका साथ समूह विजेता बन्ने लक्ष्यमा छन् । 

जित वा बराबरीले रियल शीर्ष स्थानमा रहनेछ भने हारले इन्टर समूह विजेताका रूपमा नकआउट चरणमा पुग्नेछ । लयमा रहेको रियलविरुद्ध उसैको मैदानमा जित निकाल्न इन्टरलाई त्यति सहज भने हुने छैन त्यस्तै आजको खेलमा रियल पनि आफ्ना मुख्य खेलाडी करिम बेन्जिमाबिनै मैदान उत्रिने सम्भावना छ । 

त्यस्तै लिगका दौरान घाइते भएका बेन्जिमा आज मैदान उत्रिने सम्भावना निकै कम रहेको विभिन्न सञ्चार माध्यमले बताएका छन् । च्याम्पियन्स लिगमा हालसम्म यी दुईले १२ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा रियल ६ र इन्टर ५ खेलमा विजयी हुदा १ खेल बराबरीमा सकिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद