चेल्सी घरेलु मैदानमै रियल मड्रिडसँगै ३–१ अन्तरले पराजित भएको हो । रियल मड्रिडका लागि कप्तान करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरे । बेन्जेमाको ह्याट्रिक गर्दा चेल्सीका लागि काइ हाभार्टले खेलको ४० औं मिनेटमा एक मात्र सान्त्वना गोल गरे ।
रियलका बेन्जेमाले खेलको २१, २४ र ४६ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । अब दोस्रो लेग रियलको घरेलु मैदानमा १३ अप्रिलमा हुनेछ ।
च्याम्पियन्स लिगकै गएरातीको अर्को खेलमा भिल्ला रियलले बायर्न म्यूनिखलाई पराजित गरेको छ । पूर्व बुर्नेमाउथ स्ट्राइकर आर्निउट डन्जुमाले खेलको खेलको ८ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।