Media Network

च्याम्पियन्स लिगः सिटीद्वारा रियल मड्रिड पराजित


खबरस्टोरी संवाददाता

१४ बैशाख २०७९,बुधबार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । सिटी ४–३ ले विजयी भएको हो । खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुनेले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा गाब्रियल जेससले अग्रता दोब्बर पारे । 

रियलका लागि करिम बेन्जिमाले खेलको ३३ औं मिनेटमा  गोल फर्काएपछि पहिलो हाफमा सिटी २–१  गोलले अगाडि रह्यो । 

दोस्रो हाफमा सिटीका लागि फिल फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरे । लगत्तै ५५ औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गरेपछि रियलले खेललाई ३–२ को अवस्थामा आयो । तर ७४ मिनेटमा सिटीका लागि बेर्नान्डो सिल्भाले चौथो गोल गरे ४–२ को अवस्थामा आयो । ८२ मिनेटमा रियलका करिम बेन्जिमाले पुनः पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ गोलको अवस्थामा पुगेको थियो ।

अब सिटी र रियलबीचको दोस्रो लेग आगामी साता रियलको घरेलु मैदानमा हुनेछ ।

गत सिजनको फाइनलमा चेल्सीसँग १–० गोलले पराजित हुँदा सिटीले पहिलो पटक च्याम्पियन लिगको उपाधि उचाल्ने अवसर गुमाएको थियो ।

दोस्रो सेमिफाइनलमा लिभरपुल र भिल्लारियलबीच बुधबार राति खेल हुँदैछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद