Media Network

डी जोङ म्यान्चेष्टर युनाइटेड आवद्ध हुने तयारीमा


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । बार्सिलोनामा आवद्ध रहेका फ्रेन्की डी जोङ म्यान्चेष्ट युनाइटेडमा आउने तयारीमा छन् । म्यानचेस्टर युनाइटेडले डी जोङलाई सम्बन्धन दिनेबारेमा बार्सिलोनासँग सम्पर्क गरेको छ ।

नेदरल्यान्ड्स मिडफिल्डर डी जोङ नयाँ युनाइटेड प्रबन्धक एरिक टेन ह्यागको लागि एलेक्समा खेलेका थिए । ओल्ड ट्राफोर्ड स्टेडियममा गरेको प्रदर्शनलाई लिएर उनको प्रशंसा भएको थियो । 

बार्साले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । डी जोङ पाँच वर्षको सम्झौतामा बार्सासँग आवद्ध हुनुअघि सन् २०१९ मा आयाक्ससँग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका थिए ।

बार्साले जनवरी २०१९ मा डे जोङका लागि ६५ मिलियन पाउण्डमा सम्झौता गरेको थियो । स्पेनिसहरुसँग आवद्ध भएपछि उनले १४० खेलमा १३ गोल गरेका थिए । डी जोङको मद्दतमा बार्साले २०२१ को कोपा डेल रे जितेको थियो । 

गत सिजन ४६ खेल खेलेका उनले चार गोल गरेका थिए र पाँच असिस्ट गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद