Media Network

‘ए’ डिभिजन लिगमा आज एक खेल हुँदै


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

काठमाडौं । आज (आइतबार) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत एक खेल हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ । थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो भने दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुन पुगेको थियो । यस्तै, तेस्रो खेलमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

यस्तै, पहिलो जितको खोजीमा रहेको एपीएफले ३ खेल खेल्दा अंक जोड्न सकेको छैन । एपीएफ पुछारमा रहेको छ । 

ए' डिभिजनको अंकतालिका




Share:
Reaction :
ताजा समाचार
खेलकुद