Media Network

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


खबरस्टोरी संवाददाता

२७ मंसिर २०७८,सोमबार

काठमाडौँ। आज (सोमबार) सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यसैगरी अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा जावलाखेल र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलपछि नेपाल पुलिस र संकटाको ५/५ तथा ब्रिगेड ब्वाइजको ४ अंक रहेको छ भने जावलाखेलले अंक जोड्न सकेको छैन।

शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबको ४ खेलबाट १० अंक छ। समान खेलबाट १० अंक भएको मनाङ मर्स्याङ्दी क्लब दोस्रोमा छ। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको ४ खेलबाट ८ अंक छ। सातदोबाटो युथ क्लबको पनि ७ अंक छ।

जारी प्रतियोगितामा अपराजित रहे पनि पूर्वविजेता पुलिसको यात्रा सजिलो देखिँदैन। पहिलो खेलमा आर्मीसँग बराबरी खेलेको पुलिसले दोस्रो खेलमा जावलाखेललाई १-० गोलले हराएको थियो भने तेस्रो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो। यसैगरी पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको संकटाले दोस्रो खेलमा फ्रेन्ड्सलाई हराएको थियो भने तेस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग २-२ गोलको बराबरी खेलेको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद