‘ए मेरो हजुर ४’ पहिलो दिन ८० लाखको ग्रस कलेक्शन


खबरस्टोरी संवाददाता
२ बैशाख २०७९, शुक्रबार
‘ए मेरो हजुर ४’ पहिलो दिन ८० लाखको ग्रस कलेक्शन
काठमाडौ । नयाँ बर्षको दिन पारेर प्रदर्शनमा ल्याईएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले निकै राम्रो ओपनिङ गरेको छ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’को प्रतिस्पर्धामा रहेको चलचित्रले देशभरका मल्टिप्लेक्सहरुमा सुन्दर सुरुवात गरेको छ ।

काठमाडौंबाट ४३ लाख र काठमाडौ बाहिरबाट ३५ लाखको व्यापार गरेको चलचित्रले बिहिबार मात्र झण्डै ८० लाखको ग्रस कलेक्शन गरेको छ।फिल्मलाई झरना थापाले निर्देशन गरेकी फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको अभिनय रहेको छ ।