Media Network

एएफसी फुटसलमा नेपाल र उज्वेकिस्तानसँग भिड्दै


खबरस्टोरी संवाददाता

२७ चैत्र २०७८,आईतवार

काठमाडौं । फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज आइतबार उज्वेकिस्तानको सामना गर्दैछ । एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद