एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने
काठमाडौं । एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले पराजितगरेसँगै चेल्सी उपाधि यात्रामा अघि बढेको हो । 

आइतबार रातीको खेलमा चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १–१ गोल गरे । खेलको ६५औं मिनेटमा रुबेनले गोल गर्दा ७६ औं मिनेटमा माउन्टले गोल गरेका थिए ।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।