एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिरको माहोल तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो रोकिएको हो ।
उक्त फिल्म प्रदर्शनका क्रममा हल भ्रमणमा निस्किएका मगरसहितको कलाकार टोली आइतबार बेलुका सिभिल मलमा पुगेको थियो । सिभिल मलको एक कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको आरोप अभिनेत्रीले लगाएकी छन् ।
युवकलाई रिहाइ गर्नुपर्ने माग गर्दै केएल टावरबाहिर आज बिहानैदेखि प्रदर्शन भएको थियो । बौद्ध समुदाय र तामाङ संघसंस्थाले फिल्मको पोस्टर समेत जलाएका थिए ।