एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । नेम्वाङले वर्तमान अध्यक्ष शेर्पालाई पराजित गरेका हुन् ।

कुल ८४ मत खसेकोमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत ल्याएका थिए । एन्फाको अध्यक्षका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल चुनावी मैदानमा रहेका थिए । 

सोमबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मतदान सम्पन्न भएको थियो ।एन्फाको यस निर्वाचनमा ८४ मत खसेको छ । जसमा एन्फासँग सम्बन्धित ४८ मध्ये ४५ जिल्लाले मताधिकार पाएका छन् । यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगका १४, ‘बी’ डिभिजन लिगका १४ मध्ये ११ र ‘सी’ डिभिजन लिगका १४ मध्ये ९ क्लबले मताधिकार पाएका छन् ।