Media Network

एसिया कप छनोटमा नेपालले इण्डोनेशियाको सामना गर्दै


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौं । एएफसी एसिया कप २०२३ छनोटको अन्तिम खेलमा मंगलबार नेपालले इन्डोनेसियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जवर अल अहमाद अन्तरर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । 

इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ‘ए’ मा पहिलो जितको खोजीमा रहेको छ । नेपाल र इन्डोनेसियाबीच पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । 

एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० अन्तर र कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो ।  

बलियो स्थितिमा रहेको इन्डोनेसियाले पहिलो खेलमा घरेलु टोली कुवेतलाई २–१ अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा जोर्डनसँग १–० अन्तरले पराजित भएको थियो । 

जारी प्रतियोगितामा जोर्डन ६ अंक सहित शीर्ष स्थानमा छ । कुवेत २ अंकसहित दोस्रो र इन्डोनेसिया समान ३ अंकसहित तेस्रो स्थानमा रहँदा नेपाल पुछारमा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद