Media Network

एट्लेटिको मड्रिडद्वारा काडिज पराजित


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । 

घरेलु मैदान एट्लेटिकोले काडिजलाई २–१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे । 

काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए  । 

२८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ  । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद