काठमाडौं । फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम झण्डै ६५ करोड ५० लाख नेपाली रुपैयाँ हो ।
यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो । प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ । अघिल्लो विश्वकपमा ४ करोड २० लाख अमेरिकी डलर थियो । उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछ ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोढ ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउने व्यवस्था गरिएको छ ।
समूह चरणमै बाहिरिने टोलीले ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ विश्वकपले विश्व फुटबल समुदायमा ऐतिहासिक आर्थिक योगदान दिने बताएका छन् ।