Media Network

फागुन १३ मा रिलिज हुँदै 'प्रेमगीत ३'


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौं । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले फागुन १३ का लागि प्रदर्शन मिति तय गरेको छ। 

निर्माता सन्तोष सेनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताए । यस चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

नेपालमा पछिल्लो समय  कोरोनाको कहर विस्तारै कमजोर हुँदै गएपछि शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद