Media Network

फाइनल प्रवेशका लागि लुम्बिनी र विराटनगर भिड्दै


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८२,बिहीबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विहीबार लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दैछन् । दोस्रो क्वालिफायरको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिम प्रतियोगिताबाट बाहिरिनेछ ।

लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो । विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

विहीबारको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएलको जारी दोस्रो संस्करणको फाइनल खेल्नेछ । पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो ।

साविक विजेता जनकपुर बोल्टस् भने पुछारमा रहँदै प्रतियोगिताबाट बाहिसकेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद