Media Network

फिल्म कोही मिल गयामा जादुको भूमिकामा देखिने एलियनको कथा


खबरस्टोरी संवाददाता

२१ पुष २०७८,बुधबार

चर्चित फिल्म स्टार रितिक रोशनद्वारा अभिनित मुभि कोइ मिल गया सन् २००३ मा सर्वाधिक चर्चामा रहेको थियो ।

फिल्ममा अत्यन्तै महत्वपुर्ण भुमिका निभाउने मध्येमा जादूको भुमिकामा रहने पात्र पनि एक थियो । सबै आम दर्शकहरुले एकदमै रुचाइएका पात्र जादुको भुमिकामा देखिने आखिर को थिए त, हामी सबैमा यो खुल्दुलीको विषय हो, सो भुमिकामा रहने कलाकार वास्तममा नै फिल्ममा आम दर्शकहरुको ध्यान आकर्षित गर्ने खालका थिए, जादुको भुमिका देखिने कलाकार स्व.इन्द्रबदन जे पुरोहित हुन् ।

उनको मात्र लम्बाई ३ फुट भएकाले नै उनलाई उक्त भुमिकाका लागि चयन गरिएको थियो ।


उनले २००१ मा हलिउडमा सफल मानिएको फिल्म द लर्ड अफ द रिङ्स,द फेलोसिप अफ द रिङ मा पनि अभिनय समेत गरिसकेका छन् । हाल उनी यो दुनियामा छैनन् । 

जादुको भुमिकालाई पर्दामा उतार्न त्यति सहज भने थिएन् , जादुको भुमिकामा लगाइएको लुगा अष्ट्रेलियामा बनाईएको थियो, एक बर्षभन्दा बढी लगाएर निर्माण गरिएको उक्त ड्रेसको मुल्य करिब १ करोड रुपैया रहेको बताईएको थियो ।

सो फिल्म आज पनि उत्तिकै रुचाइन्छ, जहाँ रितिक रोशन, प्रिति जिन्टा, रेखा, रितिकका बाबु राकेश रोशनलाई समेत देख्न सकिन्छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद