काठमाडौँ । फिलिपिन्सविरूद्ध ट्वान्टी–२० विश्वकप छनोटमा नेपालले २ सय १९ रनको चुनौती दिएको छ । फिलिपिन्सले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ २ सय १८ रन बनाएको थियो ।
नेपालको लागि कुशल भुर्तेलले शतकको सहित दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा १ सय ७१ रनको साझेदारी गरी नेपाललाई विशाल स्कोरमा उभ्याएका हुन् । कुशल १ सय ४ रन बनाइ अविजित रहे । दीपेन्द्र ८३ रन बनाएर अन्तिम दोस्रो ओभरमा आउट भए ।कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने तेस्रो नेपाली खेलाडी बने । यसअघि नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सतक बनाउने पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १३ र फिलिपिन्स ४७ औं स्थानमा छ ।नेपालले अघिल्लो दिन ओमानमाथी ३९ रनको महत्त्वपूर्ण विजय हात पारेको थियो ।