काठमाडौँ। आईसीसी टी–२० विश्वकप छनौटमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई हराएको हो। जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ।
फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले शतक प्रहार गरे। ६१ बलको सामना गरेका उनले १३ चौका र एक छक्काको मद्दतमा १०४ रन जोडे। त्यस्तै कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए ।
नेपालले २१८ रनको विशाल योगफल खडा गरेको थियो । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।