काठमाडौं ।सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको पहिलो खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई १–० ले हराएको छ ।शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबका रोनेल एन्थोनी पाउलको आत्मघाती गोलले अन्तत मच्छिन्द्रलाइ अग्रता दिलाएको हो ।
खेलको ६७ औँ मिनेटमा फ्रेन्ड्सका एन्थोनी पाउलले क्लियर गर्न खोजेको हेडरले पोस्टको दिशा लिँदा अग्रता लिएसँगै २० अंकसहित मच्छिन्द्र शीर्ष स्थानमा पुगेको छ । मनाङ मर्स्याङ्दी १६ अंकका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै संकटा क्लब १४ अंक बटुल्दै दोस्रो स्थानमा छ । आठ खेलमा मात्र तीन अंक बटुलेको फ्रेन्डस अन्तिम स्थानमा छ भने १३ औं स्थानको च्यासलको पाँच अंक छ ।
शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्युरोड टिम (एआरटी)सँग प्रतिस्पर्धा गर्दैछ ।