Media Network

फुर्पा भन्छन्– हिरोइनलाई बचाउन माफी र मिलापत्रमा सहिछाप गरेको हुँ


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । नेपाली सिने जगतमा यतिबेला एउटा स्यान्डल बाहिर आएको छ । ‘ब्याड टच’ प्रकरण नायिका मिरुना मगर र आरोपी फुर्पा लामाबीच यतिबेला मिलापत्र पनि भइसकेको छ । तरपनि यो केस अझै सेलाएको छैन् ।

फुर्पाले आफ्नो गल्ती स्वीकार्दै मिरुनासँग क्षमायाचना गरेपछि दुई पक्षबीच मिलापत्र भएको थियो । मिरुनाले मिलापत्रमा आफ्नो भाइ सम्झेर फुर्पालाई माफी दिएको उल्लेख गरेकी छन् । 

आरोपी फुर्पाले प्रहरीसँग गल्ती स्वीकारेको भए पनि बाहिर निस्केर भने आफू निर्दोष भएको दाबी गरिरहेका छन् । हालै उनको एउटा भिडिओ सार्वजनिक भएको छ । कामी शेर्पा नामक बुद्धधर्मका एक अगुवाले फुर्पासँग भिडिओ च्याट गरेका थिए । उक्त कुराकानीमा फुर्पाले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । मिरुनालाई नियतवस नभइ भीडभाडमा झुक्किएर छुन पुगेको उनको दाबी छ ।

साथै, उनले मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको दाबी गरेका छन् । नायिकालाई मानिसहरूले नराम्रो नभनुनन् भनेर आफूले मिलापत्रमा हस्ताक्षर गरिदिएको उनको भनाइ छ ।



यस्तो छ फुर्पाको भनाइ 

त्यस दिन म फिल्म हेर्न गएको थिएँ । फिल्म सकिएपछि सेलिब्रिटीहरू आए । म पनि सेलिब्रिटी हेर्न गएँ । एकदम भीड थियो । मलाई मनदेखि फोटो खिच्न मन लाग्यो । सेलिब्रिटीसँग फोटो खिच्न बेलाबेला मात्र पाउँछ । त्यहाँ त्यो केटी भेटियो । सबैले उसित फोटो खिचिरहेका थिए । मलाई त्यो केटी हिरोइन हो भन्ने थाहा थिएन । मैले पनि फोटो खिचेँ ।

खिचिसकेर यता फर्केको थिएँ । धकेलाधकेल हुँदा हात यस्तो भएको थियो‘ मिस्टेकले लाग्यो । उहाँले एक थप्पड हान्यो । मैले सरी भनेँ । मान्छेलाई सरी भन्नुपर्छ नि त । सरी‘ सरी‘ भनेँ । मलाई डर लागेको थियो । मेरो अरु मान्छे देखिनँ । त्यसपछि त्यहाँबाट जान लागेँ ।

उता गएपछि साथीहरू भेटेँ । उनीहरूले जाउँ जाउँ भनेर हिँडे । लिफ्टबाट झर्न लाग्दा माथिबाट एउटा मान्छे कुदेर आयो । मलाई त्यहीँ समातेर माथि लिएर गयो । त्यहाँबाट थानामा लग्यो ।

थानाभित्र मलाई कुटपिट त गरेन । तर, म एकदम नर्भसमा थियो । धेरै डर लागेको थियो । के हुन्छ भनेर केही थाहा थिएन । म कहिले निस्किन्छु भन्ने मात्रै थियो दिमागमा ।त्यो कागज गरेको चाहिँ थानामा होइन । अन्तै हो । कसरी मिल्ने भनेर कुराकानी भएको थियो । धेरै समयसम्म कुराकानी हुँदाखेरि हामीले चाहिँ ‘मिसअन्डरस्ट्यान्डिङ’ भएकोमा दुवैले माफी माग्ने भनेर कुरा गरेका थियौं । तर, हिरोइनले मानेन । उसले मलाई मान्छेहरूले नराम्रो भनिरहेको छ, त्यस्तो लेख्यो भने झन् गाली गर्छ भन्यो र रोयो । यो शब्दमा धेरैबेरसम्म विवाद भयो ।

हामीले मिलापत्र गरेको कागज नपठाएसम्म फिल्म पनि चल्न नदिने भनेर कुरा आइरहेको थियो । त्यसैले कागज गर्नैपर्छ भनेर सबैजनाले प्रेसर दियो ।

मैले हिरोइनलाई अरुले नराम्रो नभनोस् भनेर उसलाई बचाउनका लागि त्यसमा सही गरेको हो । मलाई पढ्न–लेख्न आउँदैन । अरुले पढेर सुनाउनुभएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद