Media Network

फुटबलर हरि खड्का दोषी ठहर


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । नेपाली पुलिस क्लवका पूर्व खेलाडी हरी खड्का नक्कली सर्टिफिकेट मुद्दामा दोषी ठहरिएका छन् । 

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गरेको हो । 

नेपाल प्रहरीमा बढुवाका लागि उनले पेश गरेको सर्टिफिकेट नक्कली भएको अदालतले ठहर गरेको हो ।

खड्काले माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रवीणता प्रमाणपत्र तह (आईए) को नक्कली प्रमाणपत्र पेश गरेर १ कात्तिक २०५५ मा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । 

महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

खड्का २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपछि ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका खड्काले नक्कली सर्टिफिकेटको विवादपछि राजीनामा दिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद