Media Network

गाडि छाडेर पल शाह फरार


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौ । नाबालिकालाई जबरजस्ती करणीको आरोप लागेका मोडल तथा अभिनेता चढ्ने निजी गाडि बा ०१ –०२६ च – १०८४ नम्बरको निलो टाटा नेक्सन गए राती प्रहरीले सिंहदरबार क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले गाडी त भेट्यो तर फरार रहेका पल शाहलाई भने भेट्न सकेन् । शाहविरुद्द पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनका सहकर्मीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ अगाडि बढाएको छ । हिजै मात्र सोधपुछका लागि फिल्मकर्मी सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने अर्का मोडल विजय पुनलाई पनि प्रहरीले सोधपुछका लागि पक्रेको थियो । 

फिल्मकर्मी थापालाई भने पल शाहले फरार रहेकै अवस्थामा फोन गरेर उनीद्दारा अभिनित म यस्तो गीत गाउँछु २ को रिलिज नरोक्न र फिल्मले राम्रो व्यापार गर्ने आश्वासनसहित आफु जहाँ भएपनि सुरक्षित रहेको जानकरी दिदै फोन गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद