काठमाडौँ। निर्देशक समुन्द्र भट्टको निर्देशनमा नयाँ नेपाली फिल्म ‘गुलाबी’ बन्ने तयारी भएको छ। यस ‘गुलाबी’ फिल्ममा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।
नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ ।
निर्देशक भट्टका अनुसार यस फिल्मको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनुपर्नेछ ।
भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ ।