ग्लोबल विश्वकप छनोटमा नेपालले ओमानलाई ४० रनले हरायो


खबरस्टोरी संवाददाता
६ फाल्गुन २०७८, शुक्रबार
ग्लोबल विश्वकप छनोटमा नेपालले ओमानलाई ४० रनले हरायो

काठमाडौँ / आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्र्तगतको खेलमा नेपालले ओमानलाई ४० रनले पराजित गरेको छ ।नेपालले ओमानलाई १७ ओभरमा अलआउट गरेको हो।

घरेलु टोली ओमानलाई नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रेको ओमानले १६.४ ओभरमा ७८ रनमा समेटिएको थियो। नेपालका लागि सर्वाधिक दिपेन्द्रसिंह एरी, कमल एरी र सन्दिप लामिछानेले समान २÷२विकेट लिए। 

यस्तै नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडेका थिए भने कप्तान सन्दीप लामिछानेले १६ रन जोडे। लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।