Media Network

गोपाल योञ्जनको गीत दुरुपयोग गरेको आरोपमा छोरी सिर्जनाद्धारा मन्त्रालयमा उजुरी


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

काठमाडौ । वरिष्ठ गायक गोपाल योञ्जनको गीत दुरुपयोग गरेको भन्दै उनकी छोरी सिर्जना सिंह योञ्जनले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिएकी छन् । 

उनले गत जेठ १६ गते चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार र उनका फोटोग्राफर श्रीमान् विकास रौनियारविरुद्ध उजुरी गरेकी हुन् ।अन्तर्राष्ट्रिय अभ्यासअनुसार सर्जक बितेको ५० वर्षसम्म उसको आधिकारिक हकवालासँग प्रतिलिपि अधिकार हुन्छ । आफ्नो परिवारको अनुमतिविना नै योञ्जनका गीतको व्यावसायिक प्रयोग गरिएको सिर्जनाको आरोप छ । 

सिर्जनाले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सम्झना उप्रेती रौनियारको नाम प्रस्तावित भएको भन्दैै उनी सो पदका लागि अयोग् हुने दाबीसमेत गरेकी छिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद