Media Network

गोप्य तस्बिर बाहिरीएपछि ज्याकलिन भन्छिन– कठिन अवस्थामा छु, व्यक्तिगत विषयमा दखल नदिनु


खबरस्टोरी संवाददाता

२५ पुष २०७८,आईतवार

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको गोप्य तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सोही सन्दर्भमा अभिनेत्री ज्याकलिनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै मिडियासँग गोपनीयताको आग्रह गरेकी छन् ।उनी भन्छिन् ‘यो मेरा लागि कठिन समय हो । म चाहन्छु कि मेरो व्यक्तिगत विषयमा दखल नदिनु,’

। पछिल्लो समयमा ज्याकलिन दुई सय करोड रुपैयाँको मनी लन्ड्रिङका विषयमा आफ्नो नाम आएपछि तनावमा छिन् ।

उनले भारतले आफूलाई जबर्जस्त प्रेम र सम्मान दिएको स्मरण गर्दा यो प्रेम र सम्मान मिडियाबाट पनि पाएको उल्लेख गरेकी छन् । ‘मैले तपाईंहरुबाट केही न केही सिकें । म अहिले कठिन अवस्थामा गुज्रिरहेकी छु । म मिडियाका साथीहरूलाई यस्ता तस्बिर सार्वजनिक नगर्न आग्रह गर्दछु, जुन तस्बिर मेरा निजी छन् । आशा छ, मैले चाँडै न्याय पाउनेछु’, उनले लेखेकी छन् ।

ज्याकलिन र सुकेशको सम्बन्ध पहिलेदेखि नै अनुसन्धानको विषय बनेको छ । किनकि अभिनेत्रीले सुकेशबाट कैयौं महँगो उपहार पाएकी छन् । ज्याकलिनले अनुसन्धान अधिकारीहरूसँग सुकेशले आफूलाई जयललिताको परिवारको मानिस रहेको र सन टिभीको मालिक भएका कारण दक्षिण भारतीय फिल्ममा काम गर्न आग्रह गरेको बयान दिएकी थिइन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद