Media Network

गायक केके को आजै अन्तिम संस्कार गरिँदै


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ । मंगलबार (३१ मे) मा अकस्मात मृत्यु भएका चर्चित पाश्र्वगायक कृष्णाकुमार कुन्नथ (केके) को पोस्टमार्टम रिपोर्ट  सार्वजनिक भएको  छ ।

कोलकत्तामा भएको कन्सर्टमा लगातार २ घण्टा प्रस्तुति दिएका केकेको केही समयपछि नै अकस्मात मृत्युको खबर आयो । उनको अकस्मात मृत्युले सबैलाई चकित र भाबुक बनाएको थियो । 

केकेको टाउको र अनुहारमा चोट पनि देखिएको भन्दै कतै मारपिट वा हत्याको आशंकामा उनको पोस्टमार्टम पनि गरियो ।

बिहीबार उनको पोस्टमार्टमा रिपोर्ट आइसकेको छ । नवभारत टाइम्सका अनुसार केके को पोस्टमार्टम रिपोर्टमा उनको निधन हृदयाघातबाट भएको पुष्टि गरेको छ । रिपोर्टका अनुसार गायक केकेको फोक्सो र कलेजोको अवस्था पनि एकदमै बिग्रिसकेको थियो । 

पोस्टमार्टमको रिपोर्ट आएसँगै उनको आजै (बिहीबार) नै दिउँसोको १ बजेदेखि अन्तिम संस्कारको तयारी सुरु भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद