गायिका प्रविशा अधिकारी र निर्माण सिटौलाबीच कसियो लगनगाँठो


खबरस्टोरी संवाददाता
५ मंसिर २०७८, आईतवार
गायिका प्रविशा अधिकारी र निर्माण सिटौलाबीच कसियो लगनगाँठो

काठमाडौँ। भर्चुअल माध्यमबाट लामो समयदेखि प्रेम सम्बन्धमा रहेका गायिका प्रविशा अधिकारी र प्रेमी निर्माण सिटौलाले आज (आइतबार) बिवाह गरेका छन् ।

मखमली स्वरकी धनी प्रविशा थोरै गीत गाएर पनि चर्चित छिन् । उनि  युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनको चर्चा झन् चुलिएको छ । निर्माण झापा चारपानेका बासिन्दा हुन्।  लामो समयदेखि अमेरिकामा बसोबासरत उनी बिहे गर्न दसैंअघि अमेरिकाबाट नेपाल आएका हुन्।