गायिका प्रविशा अधिकारीले गरिन् इन्गेजमेन्ट, मंसिर ५ मा बिहे


खबरस्टोरी संवाददाता
३ मंसिर २०७८, शुक्रबार
गायिका प्रविशा अधिकारीले गरिन् इन्गेजमेन्ट, मंसिर ५ मा बिहे

काठमाडौँ। गायिका प्रविशा अधिकारीले आइतबार प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी छन्।  झापास्थित घरमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन्।  उनीहरूले आगामी आइतबार बिहे गर्ने बताइएको छ। 

प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन्। निर्माण झापा चारपानेका बासिन्दा हुन्।  लामो समयदेखि अमेरिकामा बसोबासरत उनी बिहे गर्न दसैंअघि अमेरिकाबाट नेपाल आएका हुन्।