Media Network

गायक सञ्जय श्रेष्ठले प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ बाट उम्मेदवार दिने


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । चर्चित गायक सञ्जय श्रेष्ठले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

यतिबेला संसदीय चुनावको मिति घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर सुरु भएको छ । हालै मात्र विवेकशील साझाबाट अघिल्लो पटक काठमाडौ महनगरको मेयरमा उठेर पराजित भएकी रञ्जु दर्शनाले पनि यस पटकको प्रतिनिधि सभाको चुनावमा काठमाडौबाट उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् ।

चर्चित पप गायका श्रेष्ठ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताएका छन् ।

श्रेष्ठले लेखेका छन्, ‘मेरो पार्टीले मलाइ टिकट दिए पनि नदिए पनि मैले आउँदो मङ्सिरताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरे। अब बाँकि तपाइँहरुको साथ र विश्वास ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद