गायक यम बरालको चौतर्फी बिहेको चर्चा


खबरस्टोरी संवाददाता
२८ पुष २०७८, बुधबार
गायक यम बरालको चौतर्फी बिहेको चर्चा

काठमाडौं । यतिबेला लोकप्रिय गायक यम बरालको बिहेको चर्चा चौतर्फी चलेको छ ।उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेको कुरा बाहिरिएको छ ।

हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । एक टेलिभिजन कार्यक्रमले भने यम र गीता दुलाहा र दुलहीको रुपमा नाचगान गरेको भिडियो सार्वजनिक भएको थियो ।

गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो ।