Media Network

‘हनी बनी’ मा अनमोल र जसिताको जोडि


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

काठमाडौ । नायक अनमोल केसीले नयाँ फिल्म ‘हनी बनी’ मा नायिका जसिता जोडिका रुपमा देखिने भएकी छिन् ।लामो समय देखि फिल्म ‘एक्स नाइन’को सुटिङमा जाने भनेर तयारी गरेर बसेका अनमोल सुटिङ अनिश्चित बने पछि फ्लोरमा जाने फिल्मको खोजीमा रहेका थिए जस्मा उनले ‘हनी बनी’ साइन गरेका हुन् ।

दिवाकर भट्टराईको निर्देशनमा घोषणा भएको फिल्म ‘हनी बनी’मा अनमोलले जसितासँग रोमान्स गर्ने भएका हुन् ।महंगो पारिश्रमिकले चर्चामा आउने अनमोलले यो फिल्मको लागि कति रकम लिए खुलाइएको छैन ।फिल्म ड्रिम्स र क्यापटेमा सहकार्य गरेका दिवाकरले अनमोलसँग यो दोस्रो सहकार्य गर्दै छन् । यो फिल्मको सम्पुर्ण छायांकन बेलायतमा हुने बताइएको छ ।निर्माण टिमले यो फिल्मको बजेट ७ करोड दाबी गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद