हरिहरकी दुलही बन्न लागेकी नायिका नीताको मेहेन्दी


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
हरिहरकी दुलही बन्न लागेकी नायिका नीताको मेहेन्दी
काठमाडौ । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी यही असार २४ गते बिहे गर्दैछन्। बिहेअघि उनले मेहेन्दी समारोह आयोजना गरेकी छन्। 

उनले आफ्नो फेसबुकमार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ’अन्ततः मेहेन्दी लगाइयो।’ सेतो पहिरनमा सजिएकी नीता आकर्षक देखिएकी छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेका हुन्।

उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्।