Media Network

हटाउनु नै थियो त पोस्टिनु किन ?


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

काठमाडौँ। अमेरिका भ्रमणमा रहेकी अभिनेत्री वर्षा शिवाकोटिले २ दिन पहिले सामाजिक सञ्जालमा विकिनी अवतारमा तस्बिर पोष्ट गर्दै ‘इन्जोइ मूड’ सार्वजनिक गरेकी थिइन् । समुद्री तटमा हरियो विकिनीका साथ वर्षाले खिचाएको उक्त्त तस्बिर सामाजिक सञ्जालमा निकै नै भाइरल भयो । 

उनको तस्बिरमा लाइक सँगसँगै कमेन्टको ओइरो लग्यो। तर, पहिलोपटक यस्तो अवतारमा देखिएकी वर्षाविरुद्ध उनका फ्यानले आलोचनाको वर्षा नै गराए। निकै भद्दा प्रतिक्रिया समेत जनाए। 

हाल वर्षाले उक्त पोष्ट फेसबुकबाट हटाएकी छिन् । ६ लाख बढि फलोअर्स भएको उनको फेसबुक पेजबाट अहिले उक्त पोष्ट हटाईएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद