Media Network

‘ह्यारी की प्यारी’ कात्र्तिकमा रिलिज हुने


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौँ। जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ २५ कात्र्तिकमा रिलिज हुने भएको छ । डा. भोला रिजालको निर्माण र उनकै छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने गरी निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फष्टलुकका रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

यस फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह रहेकी छन् । फिल्ममा उनीहरुको विवाहको कथा  पोष्टरको फष्टलुकमा झल्किएको छ।  

यस फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापाको केमियो भूमिकामा रहेकी  छिन् । फिल्ममा कथा रिजाल स्वयं, पटकथा÷संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियोग्राफी यस फिल्ममा छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद