Media Network

इंग्लिस प्रिमियर लिगः आर्सनल र म्यान्चेष्टर युनाइटेडको लज्जास्पद हार


खबरस्टोरी संवाददाता

५ मंसिर २०७८,आईतवार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेष्टर युनाइटेडले लज्जास्पद हार ब्यहोरेको छ । आर्सनल लिभरपुलसँग पराजित भएको हो भने म्यान्चेष्टर युनाइटेडलाई वाटफोर्डले हराएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ४–० को फराकिलो गोल अन्तरले हरायो ।  

लिभरपुलका लागि खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गरेका थिए । 

जितसँगै २ खेलमा २५ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै, शनिवार रातीको खेलमा वार्टफोर्डले म्यान्चेष्टर युनाइटेडलाई ४–१ पराजित गरेको छ भने चेल्सीले लेइष्टरलाई ३–० ले पराजित गरेको छ । 

यसैगरी शनिवार राती नै भएका अन्य खेलहरुमा वल्भसले वेस्ट ह्यामलाई १–०, नर्विकले साउथह्यामटनलाई २–१, वेष्टन भिल्लाले ब्रिगटनलाई २–० ले पराजित गरेको छ । 

यस्तै, शनिवार भएको बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्याष्टल र ब्रेन्टफार्डको खेल बराबरीमा टुंगिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद