काठमाडौं । इंग्लिस प्रिमियर लिगको बुधबार राति भएको खेलमा ब्राइटेनलाई पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले घरेलु मैदान इतिहादमा ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गरे ।
खेलको ५३औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५ औं मिनेटमा फोडेनले २–० को अग्रता बनाए । ८२औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए ।
जितसँगै सिटी ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ । ३२ खेल खेलेको लिभरपुर ७६ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।