Media Network

इंग्लिस प्रिमियर लिगः सिटी र आर्सनल विजयी


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शनिवार राती भएको खेलमा म्यान्चेस्टर सिटी र आर्सनल विजयी भएका छन् । म्यान्चेस्टर सिटीले वाटफोर्टलाई र आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको हो । 

सिटीले वाटफोर्डलाई ५–१ गोल अन्तरले पराजित गर्यो । सिटी र वाटफोर्डबीचको खेलमा सिटीका फरवार्ड गाब्रियल जेससले ह्याट्रिकसहित चार गोल गरे भने रोड्रीले खेलको ३४ औं मिनेटमा गरे । वाटफोर्डका हसाने कामराले एक मात्र सान्त्वना गोल फर्काए । 

जितसँगै सिटी ३३ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको  लिभरपुल ४ अंकले पछि छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।

यस्तै, शनिवार राती इमिरेट्स रंगशालामा भएको अर्को खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ अन्तरले पराजित ग¥यो । आर्सनलका नुनो ट्याभरिजले खेलको तेस्रो मिनेटमा नै गोल गरी शुरुवाती अग्रता दिलाए भने बुकायो साकाले ३२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यस्तै, आर्सनलका ग्रेनियट शाकाले ७० औं मिनेटमा अर्को गोल थपे । 

म्यान्चेष्टर युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले खेलको ३४ औं मिनेटमा एक मात्र सान्त्वना गोल फर्काए । 

अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३–० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोलरहित बराबर खेले । शनिवार रातीकै अर्को खेलमा टोटनह्याम र ब्रेन्टफोर्डबीचको खेल पनि गोलरहित बराबीमा टुंगिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद