Media Network

इन्डियन आइडलका पवनदीप काठमाडौंमा


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौं । चर्चित रियालिटी शो इन्डियन आइडल–२०२१ विजेता पवनदीप राजन नेपाल आइपुगेका छन् । 

वैशाख ११ गते (भोलि) लर्ड अफ ड्रिंक्स (एलओडी)मा आफ्नो विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गर्नका लागि पवनदीप काठमाडौं आइपुगेका हुन् ।शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ । रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद