Media Network

इण्डियन आइडल पवनदीप काठमाडौँ आउँदै


खबरस्टोरी संवाददाता

२३ पुष २०७८,शुक्रबार

काठमाडौं । भारतीय चर्चित रियालिटी शो इण्डियन आइडलका बिजेता पवनदीप राजन नेपाल आउने भएका छन् ।  ठमेलस्थित ‘एलओडी’ क्लबमा यही माघ १ गते हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।

कोभिड संक्रमणको नयाँ भेरियण्ट ओमिक्रोनको त्राससँगै कार्यक्रमको अन्यौलता भने देखिने भएको छ । यद्यपी आयोजकले भने कार्यक्रम गर्नु आफैमा चुनौतीपूर्ण रहेको बताएको छ ।

सो अवस्था आएपनि जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकको दाबी छ । । पछिल्लो समयमा यूवापुस्ताको रोजाइमा रहेको क्लब एलओडीमा यसअघि बलिउड र हलिउडका कलाकारहरुले समेत प्रस्तुति दिइसकेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद