Media Network

इन्दिराको ‘पछ्यौरी’ गीत विवादमा, अंग्रेजी गीतको कपी


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौ । गायिका इन्दिरा जोशीको आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको ‘पछ्यौरी’ बोलको गीत विवादमा परेको छ ।

यो गीतलाई इन्दिराले फरक सोचका साथ बनाएको बताएता पनि चोरीको आरोप पनि लागेको छ । । गीतको भिडियोलाई एक साता भन्दा बढी समयमा ३ लाख ३० हजार भन्दा बढी पटक हेरिएको छ ।

सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’ गीतको म्यूजिकसँग यो गीतको म्यूजीक हुबहु मिलेको छ । अझ, गीतमा प्रयोग गरिएको र चर्चा पाएको म्युजिक टोन त हुबहु भएको देखिन्छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद