Media Network

जी–बब र उनका परिवारबीच तीन बुँदे सहमति


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौ । जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीचको विवाद सुल्झिएको छ । सोमबार दुबै पक्षले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।

जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।

सहमति भएको तीन बुदा

१.सुदिप भण्डारी (जी–बब) को इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह नै राखिने छ ।

२. केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने छ ।

३. कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद