यो सँगै विम्वल्डनमा जोकोभिचले लगातार चौथो पटक पुरुष एकल उपाधि जित्न सफल भए । पहिलो सेट गुमाएका जोकोभिचले सेन्टर कोर्ट आइतबार राती भएको फाइनलमा ४–६, ६–३, ६–४, ७–६ (७–३) को सेटमा जित निकाले ।
शीर्ष वरियताका जोकोभिचले आफ्नो पहिलो ग्रान्ड स्लाम एकल फाइनलमा सुरुमा निडर देखिने आफ्नो २७ वर्षीय प्रतिद्वन्द्वीभन्दा कमजोर सुरुवात गरेका थिए ।
यो सँगै जोकोभिच विम्वल्डनमा लगातार चौथो सिजन च्याम्पियन बनेका छन् । यसअघि जोकोभिचले सन् २०११, सन् २०१४ र सन् २०१५ मा च्याम्पियन बनेका थिए भने सन् २०१८, सन् २०१९ र सन् २०२१ मा च्याम्पियन बनेका थिए । सन् २०२० मा भने कोभिडका कारण विम्बल्डन स्थगित भएको थियो ।
समग्रमा २१औं ग्रान्डस्लाम च्याम्पियन बनेका जोकोभिचले स्वीस रोजर फेडेररलाई पछि पारेका छन् । फेडेररले २० पटक ग्रान्डस्लाम जितेका छन् ।
उनीभन्दा अघि दोस्रो वरीयताका स्पेनिस राफायल नाडालले सर्वाधिक २२ ग्रान्डस्लाम उपाधि जितेका छन् ।