अमेरिकामा आगामी जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाबे 'ए'सँग तीन ट्वान्टी २० र तीन एकदिवसीय श्रृंखला आयोजना गरेको हो ।
नेपालले शनिबार जिम्बाबे 'ए'विरुद्धको तीन एकदिवसीय श्रृंखला अन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर, लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला ट्वान्टी २० श्रृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो । क्यानले शनिबार मात्र ट्वान्टी २० श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।