Media Network

जिम्बाब्बेविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता

१९ बैशाख २०७९,सोमबार

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध पहिले  बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् ।

आइतबार भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा ६ विकेटले पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० भने बुधबार हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद