Media Network

जिम्बावे ’ए’ विरुद्धको एकदिवसीय शृंखलामा नेपालको सहज जित


खबरस्टोरी संवाददाता

२७ बैशाख २०७९,मंगलवार

काठमाडौँ । अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा नेपालले  जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । 

अन्तिम खेल जितेसँगै नेपालले जिम्बावेविरुद्धको एकदिवसीय शृंखला २–१ ले जितेको छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ९ विकेटले जितेको थियो ।

जिम्बावे ’ए’ ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । ६१ बल सामना गरेका उनले ४ छक्का र ७ चौका हानेका थिए । त्यस्तै अर्का ओपनर आरिफ शेखले २९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रन बनाउँदा विनोद भण्डारीले नटआउट २८ रन बनाए ।

नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए ।तीन ट्वान्टी–२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले जिम्बावे ’ए’ लाई ८ विकेटले हराएको छ भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो  ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद