६२ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
६२ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र
काठमाडौँ। चलचित्र विकास बोर्ड स्थापनाको २२ औँ वर्षको अवसर पारेर नेपाल सरकारले बिहीबार नेपाली फिल्ममा लामो समय योगदान गरेका ६२ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । 

आज चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६२ जना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेका हुन् । यसअघि २०७३ सालमा सरकारले ४० जना कलाकारहरुलाई यो परिचयपत्र प्रदान गरिसकेको छ ।

सरकारले केही दिनअघि मात्र परिचयपत्र प्राप्त फिल्मकर्मीलाई त्रिभुवन विमानस्थलमा भीभीआईपी कक्ष प्रयोग गर्न दिने निर्णय समेत गरेको थियो । यसैगरी परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीले राष्ट्रिय बीमा कम्पनीबाट १ लाख बराबरको मेडिकल इन्स्योरेन्स सुविधा पनि प्राप्त गर्ने बोर्डले जनाएको छ । 

यस्तो छ परिचयपत्र पाउने कलाकारको नामावली :