Media Network

जर्मनी र इंग्ल्याण्ड बराबरी, इटालीको पहिलो जित


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०७९,बुधबार

काठमाडौं । यूइएफए नेशन्स लिगको मंगलबार राती भएको खेलमा फुटवलका दुई शक्ति राष्ट्रहरु जर्मनी र इंग्ल्याण्डले बराबरी खेल्दै अंक बाँडेका छन् । 

पहिलो हाफमा गोलरहित बराबरी खेलका दुवै टिमले दोस्रो हाफमा एक एक गोल गरेपछि खेल बराबरीमा टुंगियो । जर्मनीका जोनास हफम्यानले खेलको ५० औं मिनेटमा गोल गरी अग्रता कायम राखेका थिए । 

खेलको ८८ औं मिनेटमा इंग्ल्याण्डले पाएका पेनाल्टी ह्यारी कानेले सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए । बराबरीसँग जारी लिगमा २ अंकसहित जर्मनी तेस्रो तथा इंग्ल्यान्ड १ अंकसहित पुछारमा रहेको छ ।

यस्तै गएरातीकै अर्को खेलमा युरो च्याम्पियन इटालीले पहिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा हंगेरीलाई २–१ गोल अन्तरले हराउँदै इटालीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

ओरोगेल रंगशालामा इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे भने  हंगरीले उपहार गोल पाएको थियो ।

खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरूआती अग्रता लिएको थियो । 

४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको पहिलो हाफमा २–० को अग्रता दिलाए । तर ६१ औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरे । 

पहिलो जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको हंगेरी ३ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

यस्तै, यूईएफए नेशन्स लिगको मंगलबार रातीको अन्य खेलमा फिनल्याण्डले मोन्टेनेग्रोलाई २–०, बोस्निया हर्जगोविनाले रोमानियालाई १–०, लक्जमवर्गले फारोइ आईल्याण्डलाई १–०ले पराजित गर्दा टर्कीले लिथुनियालाई ६–० गोलको पराकिलो अन्तरले हराएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद